ग्रीन भेन्चर लिमिटेडले निर्माण गरेको लिखु(४ जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ ।
५२।४ मेगावाटको सो आयोजनामा व्यवसायिक प्रतिष्ठान त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी छ । आयोजनाको लागत १० अर्ब १६ करोड रुपैयाँ छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ ।
ग्रीन भेन्चरले रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा छ । आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् ।
जसमा नबिलको १ अर्ब ४२ करोड, लक्ष्मी बैंक र ग्लोबल आइएमई बैंकले १ अर्ब २५ करोडका दरले लगानी गरेका छन । त्यस्तै एसबिआई र सनराइज बैंकले ११ अर्ब तथा प्रभु र सानिमा बैंकको ८५/८५ करोड रुपैयाँ ऋण लगानी छ ।
कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
जलविद्युत कम्पनी ग्रीनले ६२ करोड ५० लाख रुपैंया बराबरको ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।












