सुनको मूल्य फेरि चार सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य फेरि चार सय रुपैयाँले बढेको छ ।

तीन दिनयता थोरै दरमा सुनको मूल्य उकालो लागिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअनुसार आज छापावाल सुन उक्त दरले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी तेजाबी सुन १ लाख ४२ हजार रुपैयाँ पुग्दा चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । चाँदी आज १ हजार ८ सय २५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रतिऔँस २।८० डलरले बढेर २ हजार ३ सय ३३ अमेरिकी डलर पुगेको छ। त्यस्तै चाँदी २९ डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।