बैंक तथा वित्तीय संस्थामा पैसा धेरै भएपछि ५० अर्ब रकम खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय सस्थाबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरूबाट उक्ता रकम निक्षेपको माध्यमबाट प्रशोचन गर्न लागेको जनाएको हो ।

बैंक तथा वित्तीय सस्थाहरूले कम्पनी १० करोड देखी बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने रकम रकम निक्षेपमा राख्न सक्नेछन् ।

बैंक तथा वित्तीय क्षेत्रमा पैसा (तरलता) प्रशस्त भएको अवस्थामा तरलता व्यवस्थपनका लागि केन्द्रीय बैंकहरूले समय समयमा पैसा खिच्ने गर्दछन् । बुधबार पनि बोलकबोल मार्फत बैंकले २१ दिनका लागि बैंक वित्तीय संस्थाहरूबाट पैसा खिच्न लागेको हो ।

बैंकले निक्षेप संकलन उपकरण मार्फत उक्त रकम खिच्दैछ । बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा राख्ने रकम र ब्याजदरसहित असार १९ गते अपराहन्न ३ बजेसम्म आवेदन दिन पर्नेछ ।

अनलाईन विडिङ सिस्टम सफ्टवेयरबाट बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्रबैंकमा निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाहरूले तोक्ने ब्याजदरका आधारमा कम ब्याजदरलाई पहिलो प्राथामिकतााम राखिने छ ।