सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् । उनलाई बुधबार दिउँसो बालाजु क्षेत्रबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

उनलाई प्रहरीले सहकारीको बचत हिनामिना गरेको अभियोगमा पक्राउ गरेको हो । उप्रेती आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक पनि हुन् ।

उक्त सहकारीलाई पनि समस्याग्रस्त सहकारीका रुपमा घोषित गरिएको थियो । सुर्य थापा सभापति रहेको सहकारी ठगी सम्बन्धी संसदीय छानविन समितिलाई दिइएका २० वटा सहकारीको सूचीमा यो पनि रहेको छ । उक्त सहकारीले करीव २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो ।