दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा घाँटीमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ ।
स्थानीय रुपा घर्तीका तीन वर्षीय छोरा राजेन्द्र घर्तीको चना खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
‘बालक विद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा बुधबार बेलुका ५ बजेतिर घाँटीमा अड्किएर निसास्सिएका थिए,’ उनले भने, ‘त्यसपछि उनलाई उपचारका लागि तुलसीपुरस्थित सिटी अस्पताल पुर्याइएको थियो ।’
अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थापाले बताए ।














