सुनको मूल्य तोलामा एक हजार ६ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४२ हजार सात सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ४४ हजार तीन सय निर्धारण भएको हो ।
यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ४३ हजार छ सय तोकिएको छ ।
चाँदीको मूल्य तोलामा ४० ले बढेको महासंघले जनाएको छ । बुधबार प्रतितोला एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मूल्य आज भने एक हजार आठ सय ६५ निर्धारण भएको छ ।