भैरहवा विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लियो बुद्धको जहाज

भैरहवा विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज धावनमार्गमा चिप्लिएको छ ।

गएराति काठमाडौंबाट ५९ यात्रु बोकेर भैरहवा गएको उडान नम्बर ८०५ को जहाज पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

जहाज धावनमार्गबाट चिप्लिएर अघिल्लो भाग घाँसे मैदानमा पुगेको हो ।

बुद्ध एअरका सञ्चार प्रबन्धक दिपेन्द्र कर्णका अनुसार भारी वर्षाका कारण स्किड (चिप्लिएर) जहाजको केही भाग घाँसे मैदानमा पुगेको थियो । जहाजमा रहेका यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेको र उनीहरु राति नै आ(आफ्नो गन्तव्यतर्फ लागिसकेको कर्णले बताए ।

जहाज बिहानसम्म पनि धावनमार्गमै छ । जहाज धावनमार्गमै रहेका कारण विमानस्थल ठप्प छ ।