साउनमा पनि घट्यो ब्याजदर, कुन बैंकले कति दिँदै ?

वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने १२ ले घटाएका छन् । बाँकी ५ बैंकको ब्याजदर स्थिर छ ।

असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.९० प्रतिशत रहेकोमा साउनमा घटेर ६. ७३ प्रतिशतमा झरेको छ । सार्वजनिक सूचनामार्फत बैंकहरूले ब्याजदरसम्बन्धी जानकारी गराएका हुन् ।

ब्याजदर बढाउनेमा एभरेस्ट र कृषि विकास बैंक छन् । प्रकाशित ब्याजदरमध्ये सबैभन्दा बढी ब्याज व्यक्तिगत मुद्दती निक्षेपमा एनआईसी एशिया र एमएमबि बैंकले दिने घोषणा गरेका छन् । यस अवधिमा सबैभन्दा बढी दरले ब्याजदर घटाउने बैंक हिमालयन बनेको छ भने कृषि विकास बैंकले सर्वाधिक दरले ब्याजदर बढाएको छ ।

साउनमा सबैभन्दा कम ब्याज राष्ट्रिय वाणिज्य बैंकले दिने घोषणा गरेको छ ।

कसको ब्याजदर कति ?

बैंकअसारको ब्याजदरसाउनको ब्याजदर
कृषि विकास५.६६६.२९
एभरेष्ट५.७५६.३
राष्ट्रिय वाणिज्य६.२२६.२१
एसबीआई६.३६.३
लक्ष्मी सनराइज६.५६.५
ग्लोबल आईएमई६.५६.२५
कुमारी६.५६६.७१
प्राइम कमर्सियल६.७५६.५
नेपाल६.७५६.२५
सानिमा६.८६.४
सिटिजन्स६.९६.७५
नबिल
इन्भेस्टमेन्ट मेगा
सिद्धार्थ६.७५
स्टान्डर्ड चार्टर्ड
माछापुच्छ«े७.५
प्रभु७.६९
एनएमबी७.६९७.५३
एनआईसी एसिया८.२५७.५३
हिमालयन८.२५७.५