नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।
सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै प्रधानमन्त्री ओली लैनचौरस्थित शहीद स्मारक पार्क पुगेका थिए । त्यसपछि उनी ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पुगि त्यहाँबाट फर्केर सिंहदरबार गएर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् ।
पदभार सम्हाल्नुअघि ब्राम्हणहरूले स्वस्ती बाचनको मन्त्रोच्चारण साथै निमित्त मुख्यसचिव लीलादेवी गड्तौलाले टीका र माला लगाएर स्वागत गरिन् ।
प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।