सुनको मूल्यमा आज पनि ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि सोमबार प्रतितोला एक लाख ४६ हजार ९ सय रूपैयाँमा कारोबार हुँदै हालसम्मकै उच्च मूल्य कायम भएको थियो ।

आज प्रतितोला ९ सय रुपैयाँले बढेर सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कायम भएको छ ।

सोमबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।