धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक दोस्रोपटक सर्किट ब्रेक लागेको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पहिलो सर्किट ब्रेक लागेर कारोबार खुलेको एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको हो ।
यसअघि कारोबार खुलेको एक मिनेट अर्थात् ११ बजेर १ मिनेटमै १०२.६८ अंक अर्थात् ४ प्रतिशतले बढेर नेप्सेमा पहिलो सर्किट ब्रेक लागेको थियो ।
पहिलो सर्किट लागेर २० मिनेटका लागि कारोबार बन्द भएको नेप्से पुनः खुल्नसाथ ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको हो । अघिल्लो कारोबार दिन २५६८.१३ को बिन्दुमा रहेको नेप्से दोस्रो सर्किट ब्रेक लाग्दा १२९.०७ प्रतिशतले बढेर २६९७.२१ बिन्दुमा पुगेको छ । यससँगै ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।
कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।