नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुन मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा शुक्रबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुन मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १० रुपैयाँले बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ४० रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदी प्रतितोला हजार सात सय ३० रूपैयाँमा कारोबार भएको थियो ।