काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् ।
बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताए ।
उनका अनुसार, मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो छन् ।
बुधबार बिहान साढे ७ बजेतिर उनको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त, कालिमाटीले घटनास्थलको मुचुल्का र थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदी/खोला किनारा डुबानमा परेको छ । बल्खुस्थित तरकारी बजार र सुकुम्बासी बस्तीमा पनि बाढी पसेको छ ।
बाढी पसेसँगै सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन् ।