साउन १५ गते (मंगलबार) खिर खाने दिन देशभर ९० लाख लिटर दुध खपत भएको नेपाल डेरी एसोसिएसनले जनाएको छ ।
अरू दिन देशभर दैनिक ३० लाख लिटर हाराहारीमा मात्रै दुध खपत हुने गरेको थियो । साउन १५ गते नेपाली समाजमा खिर खाने प्रचलन छ । खिर खाने प्रयोजनको लागि मंगलबार सधैँभन्दा तीन गुणा बढी दुध खपत भएको हो । ९० लाख लिटर दुध खपत हुँदा ६५ करोड १० लाख बराबरको आर्थिक कारोबार भएको पनि एसोसियसनले जनाएको छ ।
वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने चलन नेपाली समाज प्राचीनकालदेखि चल्दै आएको छ ।