प्रतितोला एक हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला एक हजार ८ सय रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक ४६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।