सुनको मूल्य फेरि तोलाको डेढ लाख रुपैयाँ नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बिहीबार फेरि १६ सय रुपैयाँले बढेको हो। सुन बिहीबार उक्त दरले बढेर १ लाख ४९ हजार ४ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिन १८ सय रुपैयाँले बढेपछि १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको पनि मूल्य २० रुपैयाँले बढेको छ। योसँगै आज चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।
यसअघि साउन २ गते छापावाल सुन १ लाख ४९ हजार ८ सय र ३ गते १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ४४६ अमेरिकी डलर र चाँदी २८ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।