सुनको मूल्य प्रतितोला डेढ लाख नजिक, बन्यो नयाँ रकेर्ड

नेपालमा सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ९९९ रुपैयाँ पुगेको छ । शुक्रबार सुनको मूल्य ५०० रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ९१० रुपैयाँ रहेको छ । यसअघि गत साउन २ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।

उक्त दिन सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।