एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण आज

Image

नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको आज शपथग्रहण कार्यक्रम रहेको छ ।

पार्टी सचिवालय बैठकबाट मनोनीत भएका पार्टीका एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्यहरू तथा १७ केन्द्रीय सदस्य लगायतले आज शपथ लिँदैछन् । गत साउन १७ गते बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले उनीहरूलाई मनोनीत गरेको थियो ।

उनीरूलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले शपथ गराउने कार्यक्रम रहेको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम समेत रहेको छ ।