सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीका युवकको मृत्यु

Image

सिन्धुलीको सुनकोशी गाउँपालिका-१ बलुवा भन्ने ठाउँमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा सर्लाहीका एक युवकको मृत्यु भएको छ।

बिहीबार साँझ प्रदेश २-०२-००१ च ०४८७ नम्बरको बोलेरोले प्रदेश २-०३-००६ प ३७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका-२ बस्ने ३५ वर्षीय गणेश रायको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सो दुर्घटनामा मोटरसाइकलमै सवार अर्का एक जना पनि घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। दुर्घटनापछि बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।