भोलिदेखि टुटल र पठाओ सेवा पनि सञ्चालन

निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु भोलि (मंगलबार) देखि सेवा सञ्चालन गर्ने भएका छन् । राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटल र पठाओ लगायतका कम्पनीले नियमित सेवा दिने तयारी थालेका हुन् । सरकारले लागू गरेको जोरविजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले बताएका छन् ।

आइतबार सरकारले मंगलबारदेखि निजी सवारीलाई जोरविजोर प्रणालीअनुसार सञ्चालन गर्न दिइने निर्णय गरेको थियो । सोही निर्णय अनुसार राइडिङ सेयर गर्ने एपहरु सेवमा फर्किन लागेका हुन् ।

राइडरले मापदण्ड अनुसार सेवा दिने टुटलका संस्थापक शिक्षित भट्टले जानकारी दिए । ‘हामी सतर्कतासहित सेवा दिन्छौं, यात्रुलाई पनि मास्क अनिवार्य लगाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छौं,’ उनले भने ।

निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम हुने भए पनि सेवा सुरु गर्ने तयारी गरिएको पठाओका क्षेत्रीय निर्देशक असिममान सिहं बस्नेतले जानकारी दिए । ‘हामी त्यसबारे नै छलफल गरिरहेका छौँ । सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु गर्छौँ,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार