काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीसँग मर्जर सम्झौता भंग गरेको अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जाने सम्झौता गरेको छ । हिजो अपरान्ह १ बजे मर्जर सम्झौता तोडेको अजोडले हिजै राति १२ बजे युनाइटेडसँग मर्जर सम्झौता गरेको हो ।
मंगलबार मर्जर प्रक्रिया भंग हुने वित्तकै अजोड इन्स्योरेन्स कम्पनी युनाइटेडसँग छलफलमा जुटेको थियो । हिजै राति अबेर दुवै कम्पनीका बीचमा हस्ताक्षर भएको हो ।
आज युनाइटेड इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभामै सो सम्बन्धी तथ्यहरु सार्वजनिक गरिनेछ । सहमति पत्रमा दुवै कम्पनीका वार्ता टोलीका प्रमुखले हस्ताक्षर गरेका छन् भने युनाइटेड इन्स्योरेन्स कम्पनीका अध्यक्ष रविभक्त श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनीका अध्यक्ष आजाद श्रेष्ठले उपस्थित थिए ।
स्रोतका अनुसार दुई कम्पनीका बीचमा भएको मर्जरमा धेरै कुरा पहिलो नै सहमति नगरी स्वतन्त्र पूर्वक विवरणहरुमा आधारित सहमति गर्ने प्रयास गरिएको छ ।















