निर्वाचन आयोगले दल दर्ताका लागि दियो साउन १५ गतेसम्मको समय

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न समय निर्धारण गरेको छ ।

आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गर्दै असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ताका लागि समय दिने निर्णय गरेको हो । प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा बहस भइरहेका बेला आयोगले निर्वाचन कार्यतालिका ल्याएको छ ।

सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । आयोगले सो अनुसार कार्यतालिका सार्वजनिक गरेको हो ।

त्यस्तै कात्तिक २६ गते हुने प्रत्यक्ष निर्वाचनका लागि असोज २१ देखि असोज २६ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि असोज ३१ देखि कात्तिक ५ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार