खाना पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट हुँदा गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट भएको थियो ।
राति खाएर सुतेको बेला सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका हुन् । सांसद भण्डारीको शरीरको २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशत भाग जलेको छ । उनीहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
गएराति नै भण्डारीलाई भेट्न कीर्तिपुरस्थित अस्पताल पुगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उनीहरुको अवस्था गम्भीर रहेको बताएका छन् ।















