कांग्रेस शीर्ष नेताहरु र कानुन व्यवसायीहरुको छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले विपक्षी दलको नेताबारे कानुन व्यवसायीहरुसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेस संसदीय दलका नेतालाई विपक्षी दलको नेता बनाउन नहुने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ मागिएको छ । भने संसद सचिवालयले पनि विपक्षी दलको नेताबारे कुनै निर्णय गरेको छैन ।

सर्वोच्चमा लिखित जवाफ पठाउनुअघि कांग्रेस शीर्ष नेताहरु कानुनी परामर्शमा जुटेका हुन् ।संसदीय दलको कार्यालय, सिंहरदबारमा भइरहेको छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा, शेरबहादुर केसी, रमन श्रेष्ठ, हरिहर दाहाल, खम्बबहादुर खाती लगायत छन् ।