त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानले २६ जना उपप्राध्यापक मागेको छ ।
सोमबार सूचना जारी गर्दै संस्थानले करारमा नियुक्त गर्नेगरी २६ जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।
संस्थानले २६ छुट्टाछुट्टै विषयका लागि उपप्राध्यापक मागेको हो । करार अवधि कम्तिमा एक वर्ष भनिएको छ ।
योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको २८ दिनभित्र आवेदन फाराम बुझाउन सक्ने सूचनामा उल्लेख छ ।
















