झाङमा सुत्केरी महिला र शिशुको बीच बाटोमै मृत्यु भएको छ ।
अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलकी २१ वर्षीया खिना बोहरा र नवजात शिशुको सोमबार अस्पताल लैजाने क्रममा मृत्यु भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए ।
गर्भावस्थामा रहेकी सवितालाई तत्काल अस्पताल पुर्याउनुपर्ने अवस्था भए पनि समयमै स्वास्थ्य सेवा उपलब्ध हुन नसक्दा बाटोमै बच्चा जन्मिएको थियो । सुत्केरी भएको एक घण्टासम्म बच्चातिर हेरेकी खिनाको रक्तश्राव भएको र बच्चाको पनि स्वास्थ्य अवस्था ठिक नभएको हुँदा ज्यान गएको रायल प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब कमलकुमार मल्लले बताए ।
मृतक खिनाका श्रीमान् उमेश बोहराले बिहे गरेको चार महिनामै उनलाई छोडेर भारत गएका थिए । उनीहरुको बिहे भएको करिब एक वर्ष भएको थियो ।














