राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ ।
राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका ज्ञानेन्द्रबहादुर शाहीले महानगरको खातामा एक लाख रुपैयाँ महानगरको खातामा दाखिला गरेको जानकारी दिए ।
‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ राजाको स्वागतमा आएका लाखौँ आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ,’ उनले भने, ‘एक लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौँ ।’
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्याएको भन्दै महानगरले राप्रपालाई एक लाख बुझाउन पत्र काटेको थियो ।















