संसदीय दलको कार्यालयबाट भर्खरै निस्किएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका छन् ।
सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेताहरू ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ ।
तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायतको माग गर्दै आइतबार राप्रपाले काठमाडौँमा प्रदर्शन गरिरहेको छ ।















