नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरी पक्राउ परेपछि कार्यकर्ताले नाराबाजी गरेका छन् ।
नाउपा र जनमत पार्टीबिच एकीकरण घोषणा गर्न प्रज्ञा भवन कमलादी पुगेका बेला सादा पोशाकमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
चौधरी पक्राउ परेपछि उनका समर्थकले प्रज्ञा प्रतिष्ठानमा सरकारविरुद्ध नाराबाजी गरेका हुन् । चौधरी पक्राउ परेसँगै पार्टी एकता कार्यक्रम भने स्थगित भएको छ ।














