जडिबुटी-पेप्सीकोला सडकको दायाँबायाँका अवैध संरचना ३५ दिनभित्र हटाउन सूचना जारी

Image

काठमाडौंको जडिबुटीदेखि पेप्सीकोला सडकको दायाँबायाँ १५/१५ मिटरभित्रका संरचना खाली गराइने भएको छ ।

सडक विभाग र काठमाडौं महानगरपालिकाले संयुक्त सूचना निकाल्दै सडकको सीमा क्षेत्रभित्र नक्सा पास बिना र नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू आफैँ भत्काउनरहटाउन ३५ दिनको अल्टिमेटम दिएको हो ।

सूचनामा भौतिक योजना तथा निर्माण मन्त्रालयबाट २०५८ साल मङ्सिर १८ गते राजपत्रमा प्रकाशित सूचनानुसार जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५/१५ मिटर सडकको सीमा कायम रहेको साथै नेपाल सरकार र पालिकाबाट यही वैशाख १० गते संयुक्त रूपमा सीमाङ्कन चिनो लगाइएको उल्लेख छ ।

तोकिएको म्यादभित्र अनधिकृत संरचना नहटाए प्रचलित नियमानुसार कारबाही गरिने सूचनामा भनिएको छ ।