गण्डकी प्रदेश सरकारले बागलुङ र गोरखाका दुई अस्पतालमा स्वास्थ्य प्राविधिक विषयको अध्यापन शुरू गर्ने तयारी गरेको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले बागलुङस्थित धौलागिरि अस्पतालमा स्टाफ नर्स तथा गोरखाको आँपपीपल अस्पतालमा स्वास्थ्य सहायक ९एचए० विषय अध्यापनका लागि आवश्यक तयारी थालेको हो।
प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९ऋत्भ्ख्त्० सँगको सहकार्यमा आगामी साउन महिनादेखि पढाइ सुरू गर्ने योजना छ। “भौतिक संरचना र जनशक्ति दुवैको समस्या नरहेकाले पठनपाठन प्रभावकारी रूपमा अघि बढ्नेछ,” मन्त्री पाठकले भने, “यसका लागि मन्त्रालयले एक करोड रुपैयाँ बजेट समेत छुट्याइसकेको छ।”
धौलागिरि प्रादेशिक अस्पताललाई हालै १०० श्ययामा स्तरोन्नति गरेपछि त्यहाँ स्टाफ नर्स कार्यक्रम सञ्चालन गर्ने बाटो खुलेको हो। बागलुङ नगरपालिका–१४ स्थित सीटीईभीटीको भवनमा सैद्धान्तिक कक्षा सञ्चालन गरिनेछ भने व्यवहारिक अभ्यासको लागि अस्पताल प्रयोगमा ल्याइनेछ।
त्यस्तै गोरखाको आँपपीपल अस्पताललाई पनि ५० श्ययाकोस्तरमा विस्तार गरिएको छ। यहाँ एचए कार्यक्रम सञ्चालन गर्ने योजना छ, यद्यपि केही भौतिक संरचना थप गर्नुपर्ने मन्त्रालयको भनाइ छ। पालुङटार नगरपालिकाअन्तर्गत पर्ने आँपपीपल अस्पताल प्रदेश सरकार मातहत आएको एक वर्ष मात्र भएको हो।
मन्त्रालयका सचिव डा.विश्वबन्धु बगालेका अनुसार यी कार्यक्रमले ग्रामीण भेगमा स्वास्थ्य सेवाका लागि आवश्यक जनशक्ति उत्पादनमा टेवा पुर्याउनेछ। “न्यून आय भएका र सीमान्तकृत समुदायका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने योजना बनाइएको छ,” उनले भने, “साथै, छात्रवृत्तिप्राप्त विद्यार्थीले केही समय प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामा सेवा गर्नुपर्ने व्यवस्था गरे जनशक्ति पलायन रोक्न सकिन्छ।”
सचिव बगालेका अनुसार सीटीईभीटीको तृत्वसँग मुख्यमन्त्री र मन्त्रालयका तर्फबाट समेत छलफल भइसकेको छ। “अस्पतालको स्तर, आवश्यक संरचना र जनशक्ति मूल्याङ्कनपछि टुंगो लाग्नेछ,” उनले भने।
प्रदेशस्तरका अन्य अस्पतालमा पनि प्राविधिक तथा व्यावसायिक विषय पढाउने सम्भावनाबारे सीटीईभीटीले चासो देखाएको मन्त्रालयले जनाएको छ। तर हाललाई बागलुङ र गोरखा प्राथमिकतामा परेका छन्।
“कानुनी वा अन्य कुनै अवरोध नभए आगामी आर्थिक वर्षदेखि दुवै अस्पतालमा अध्यापन कार्यक्रम शुरू हुन्छ,” सचिव बगालेले भने, “सीटीईभीटीको नेतृत्व पनि सकारात्मक छ।”
हाल प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्दो अवस्थामा छ। सचिव बगालेका अनुसार ग्रामीण भेगका विद्यार्थी पोखरा वा अन्य सहर गइरहनुपर्ने बाध्यता अन्त्य गर्न जिल्लामै नर्सिङ तथा स्वास्थ्य विषयको अध्ययन सुरू गर्नु आवश्यक भएको हो।















