प्रतिकूल मौसमका कारण उडान प्रभावित

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान सामान्य प्रभावित भएको छ । मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले विशेषगरी पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको छ । यो गन्तव्यमा भिजिबिलिटीका कारण केही उडानहरू रद्द गर्नु परेको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयरको पोखरा गन्तव्यका कतिपय उडान रद्द गरिएको छ ।

यस्तै विराटनगर र भरतपुर विमानस्थलमा पनि भिजिबिलिटीका कारण उडानहरू केही विलम्ब भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए । देशभर बदली र निरन्तर वर्षाले आन्तरिक उडान समान्य प्रभावित भएको हो । नेपालमा मनसुनी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार