भारतलाई हराउदै इङल्याण्ड महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा

Image

 इङल्याण्ड जारी महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको छ । आइतबार राति सम्पन्न खेलमा इङल्याण्डले भारतलाई ४ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

इङल्याण्डले दिएको २८९ रनको लक्ष्य पछाएको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनाएको थियो । यसअघि इङल्याण्डले पहिला ब्याटिंग गरेर ५० ओभरमा ८ विकेट गुमाउदै २८८ रन बनाएको थियो ।

योसँगै इङल्याण्डको ५ खेलमा ९ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । इङल्याण्ड अस्टेलिया र दक्षिण अफ्रीकासँगै सेमिफाइनलमा पुगेको छ ।  त्यति भारतको भने ५ खेलमा ४ अंक रहेको छ र चौथो स्थानमा रहेको छ । 

अब विश्वकप अन्तर्गत आज श्रीलंका र बंगलादेशबीच हुदैछ ।

Share