प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा गएपछि कार्यवाहकप्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघीय खाद्य शिखर सम्मेलनमा भाग लिन आजै इटाली प्रस्थान गरेका छन्।















