नेपाली बजारमा सुनको मूल्य तीन हजारले घट्यो, चाँदी पनि सस्तो

Image

नेपाली बजारमा शुक्रबार (फागुन १) सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो। महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार सुन प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार (माघ २९) सुनको मूल्य प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ३४० रुपैयाँले घटेर पाँच हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।