सुनमा निरन्तर गिरावट: प्रतितोला १ हजार ५ सय घट्यो, चाँदी पनि सस्तो

Image

नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको मूल्य घटेको छ। गत सोमबारदेखि ओरालो लागेको सुनको भाउले आज पनि निरन्तरता पाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला तीन लाख चार सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको महासंघले जनाएको छ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि सामान्य रूपमा घटेको छ। मंगलबार प्रतितोला चार हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज चार हजार आठ सय ८० रुपैयाँमा झरेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँले कमी हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा प्रत्यक्ष पर्ने भएकाले आगामी दिनमा पनि सुन–चाँदीको भाउमा परिवर्तन भइरहने अनुमान गरिएको छ।