स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। अघिल्लो कारोबार दिन प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको सामान्य उतारचढावका बाबजुद आज घरेलु बजारमा सुनको मूल्यमा परिवर्तन गरिएको छैन।
यता, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर पाँच हजार ५० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।
पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुन–चाँदीको मूल्यमा दैनिक उतारचढाव देखिँदै आएको छ।
















