शिखर पावर डेभलपमेन्ट लिमिटेडको १८ लाख ४२ हजार कित्ता आइपिओ खुला

Image

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि १८ लाख ४२ हजार ६०० कित्ता आइपिओ निष्कासन गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी सेयरमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आवेदन दिने अन्तिम मिति फागुन २२ गते तोकिएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार सो अवधिसम्म सबै सेयर बिक्री नभए चैत १ गतेसम्म म्याद थप गरिनेछ।