नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन भने सुन ३ लाख १७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
यद्यपि पछिल्लो एक साताको अवधिमा भने सुनको भाउ घटेको देखिन्छ। एक सातामा सुनको मूल्य तोलामा ९ हजार ६ सय रुपैयाँले घटेको हो। यसअघि फागुन १९ गते सुनको भाउ प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै, माघ १५ गते नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड रहेको छ।
यसैबीच, चाँदीको भाउ भने बुधबार स्थिर रहेको छ। महासंघका अनुसार चाँदी अघिल्लो दिनकै मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ।
















