राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि ५७ जना प्रस्तावित समानुपातिक सांसदहरूको अन्तिम बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। पार्टी सचिवालयको बैठकले टुंगो लगाएको उक्त सूचीमा सञ्चारकर्मी, कलाकार, पूर्व मिस नेपालदेखि पार्टीका पदाधिकारीहरूसम्म समेटिएका छन्।
कुल ५७ जनाको सूचीमा महिलाको संख्या धेरै छ। रास्वपाले ४८ महिला र ९ पुरुषलाई समानुपातिक उम्मेदवारका रूपमा अघि सारेको हो। खसआर्य क्लस्टरमा चर्चित सञ्चारकर्मी रमेश प्रसाईँ र बागमती प्रदेश सभापति समीक्षा बास्कोटा रहेका छन् भने दलित क्लस्टरमा कलाकार रीमा विश्वकर्मा र सञ्चारकर्मी प्रकाशचन्द्र परियार अटाएका छन् ।
क्लस्टरगत नामावली यसप्रकार छ:
१. खस आर्य –
- समीक्षा बास्कोटा
- प्रतिभा रावल,
- रचना खतिवडा
- लिमा अधिकारी
- विदुषी राणा
- श्रद्धा कुँवर
- टीका सङ्ग्रौला
- क्रान्ति शिखा धिताल
- आकृति अवस्थी
- सृष्टि भट्टराई
- मञ्जु भुसाल
- प्रभा कार्की
- शोभा खनाल
- रत्ना कुमारी थापा
- ज्ञानु पौडेल
- प्रभा ढकाल
- रमेश प्रसाईँ
२. आदिवासी जनजाति
- अनुष्का श्रेष्ठ
- बसुमाया तामाङ
- गङ्गा छन्त्याल
- सुन्नीमा उदास
- ओजस्वी शेरचन
- सिर्जना श्रेष्ठ
- रजनी श्रेष्ठ
- कुसुम महर्जन
- भूमिका श्रेष्ठ
- प्रमीला कुलुजु
- सुजाता तामाङ
- कृपा महर्जन,
- एलिजा गुरुङ
- राम लामा
- खुश्बु सरकार श्रेष्ठ
- मिङ्मा ग्याबु शेर्पा
३. मधेसी
- पुनमकुमारी अग्रवाल
- निशा मेहता
- ललिता कुमारी
- अंकिता ठाकुर
- सरिता महतो
- कामिनी कुमारी
- पुरुषोत्तम सुप्रभात यादव
- खगेन्द्र कर्ण
४. दलित :
- रीमा विश्वकर्मा
- अमृता विक
- सीता बादी
- स्मृति सेन्चुरी
- सुष्मा स्वर्णकार
- तारा विश्वकर्मा
- खिमा विक
- प्रकाशचन्द्र परियार
५. थारु
- गीता चौधरी
- करिस्मा कठरिया
- सुरेन्द्र चौधरी
- प्रेमलाल चौधरी
६. मुस्लिम
- समिना मिया
- अफ्साना बानु
- गलाजा शमीम मिकरानी
रास्वपाले समावेशी सिद्धान्त र ‘प्राइमरी इलेक्सन’ को मर्मलाई ध्यानमा राखेर यो सूची तयार पारिएको जनाएको छ। निर्वाचन आयोगमा बुझाइएको यो सूचीमाथि अब आयोगले कानुनी र प्राविधिक जाँचबुझ गर्नेछ।















