नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले वृद्धि भई ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य ३ लाख ९ हजार ५ सय रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ७० रुपैयाँले बढ्दै ५ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य ५ हजार २६५ रुपैयाँ थियो।
यसअघि गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। सो दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको भाउ ७ हजार ५०५ रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन भइरहेको देखिन्छ।














