‘आउँदो हप्तै नयाँ सरकार, अब म विश्राम लिन्छु’ : अर्थमन्त्री खनाल

Image

अर्थमन्त्री रामेश्वर खनाल ले आउँदो हप्ताभित्र नयाँ सरकार बन्न सक्ने बताएका छन्।

नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले निर्वाचन प्रक्रियाको अन्तिम चरण पूरा भएसँगै नयाँ सरकार गठन तीव्र गतिमा अघि बढ्ने जानकारी दिए।

उनका अनुसार निर्वाचन आयोगले विहीबार समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि संविधानअनुसार सरकार गठन प्रक्रिया तीव्र हुनेछ।

कार्यक्रममा उनले आफूले पनि अब विश्राम लिने समय आएको संकेत गरेका छन्।

अर्थमन्त्री खनालले शक्तिशाली बहुमतसहित बन्ने नयाँ सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीहरू सामना गर्दै समष्टिगत आर्थिक सूचकहरू सुधार गर्ने दिशामा काम गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरे।