नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २२ सय रुपैयाँले घट्दै ३ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ५ हजार १५० रुपैयाँ निर्धारण गरिएको छ। हिजो चाँदीको मूल्य ५ हजार ३३५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिँदा सुनचाँदीको मूल्यमा गिरावट आएको महासंघले जनाएको छ।














