महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिल कार्यालयमा

Image

नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न मागसहितको निवेदन लिएर शोभा पाठक प्रहरीकहाँ पुगेकी छन् । बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै उनले यसअघि उजुरीसमेत दिएकी थिइन् ।

आज बिहान जिल्ला प्रहरी परिसर काठमाडौं र सरकारी वकिल कार्यालयमा बस्नेतलाई तत्काल पक्राउ गर्न माग लिएर पाठक पुगेकी हुन् ।