ओली र लेखक पक्राउपछि प्रधानमन्त्री बालेन मन्त्रीहरूसँग पहिलो छलफल

Image
नवनियुक्त प्रधानमन्त्री शाह काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

धानमन्त्री बालेन्द्र शाह (बालेन) मन्त्रीहरूसँग छलफलमा जुटेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रीहरूलाई बोलाएर उनले समसामयिक राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे छलफल गरिरहेको स्रोतले जनाएको छ।

“प्रधानमन्त्री मन्त्रीहरूसँग छलफल गरिरहनुभएको छ। मन्त्रीहरू केहीबेरअघि पुगेपछि छलफल सुरु भएको छ,” स्रोतले बतायो।

शुक्रबार प्रधानमन्त्री नियुक्त भएका शाहले सरकारको कामकारबाहीलाई तीव्रता दिने तयारीस्वरूप मन्त्रीहरूसँग पहिलो चरणको छलफल थालेका हुन्।

यसबीच शनिबार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि देशको राजनीतिक अवस्था थप चासोको विषय बनेको छ। यही पृष्ठभूमिमा प्रधानमन्त्री शाहले मन्त्रीहरूसँग समसामयिक विषयमा छलफल गरिरहेको बताइएको छ।