केपी शर्मा ओली लाई हिरासतबाट मुक्त गर्न माग गर्दै उनकी पत्नी राधिका शाक्य का तर्फबाट सर्वोच्च अदालतमा दायर रिटमाथि भोलि सोमबार बहस हुने भएको छ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई ले रिट दर्ता प्रक्रियामा रहेको जानकारी दिएका छन्। रिटमा जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा ओलीलाई पक्राउ गर्नु तथा थुनामा राख्नु गैरकानूनी भएको दाबी गरिएको छ।
रिट निवेदनमा कुनै पनि जाँचबुझ वा छानबिन निकायको सुझाव वा प्रतिवेदन मात्रका आधारमा व्यक्तिलाई सिधै पक्राउ गर्नु कानूनसम्मत नहुने जिकिर गरिएको छ। साथै, कानूनी प्रक्रिया र अधिकारको उल्लंघन भएको भन्दै अदालतमार्फत् न्यायिक हस्तक्षेपको माग गरिएको छ।















