सरकारले संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार यस कार्यदलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहभागिता रहनेछ।
कार्यदलको अध्यक्षता प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार आशिफ साह ले गर्ने छन्।
प्रवक्ता पोखरेलले सबै दलहरूको सहभागितामा राष्ट्रिय सहमतिमा बहस पत्र तयार गरिने र त्यसले संविधान संशोधनसम्बन्धी व्यापक समझदारीलाई प्रतिनिधित्व गर्ने बताए।















