पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

Image


पूर्वयुवराज पारस शाह आज अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान उनलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

उपचारमा संलग्न चिकित्सका अनुसार उनको बिहीबार बिहान पेसमेकर फेरिएको हो । ‘मुटुमा समस्या भएको कारणले बैंककमा पेसमेकर हालिएको थियो,’ ती चिकित्सकले भने, ‘ उक्त उपकरणको ब्याट्री सकिएकाले त्यसलाई परिवर्तन गरिएको हो ।’

चिकित्सकका अनुसार शाहको मुटु कमजोर भएपछि पेसमेकर शरीरमा राखिएको हो । ‘अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ । दुई तीन दिनमा डिस्चार्ज गर्न सकिन्छ,’ ती चिकित्सकले भने ।