एक महिनापछि डोल्पामा जहाज

मौसम सुधारसँगै जुफाल विमानस्थलमा हवाई सेवा सुचारु भएको छ ।

मौसममा सुधार आई आकाश खुलेसँगै बुधबार नेपालगन्जबाट डोल्पाको लागि तारा एयरलाइन्सको जहाजले एउटा उडान भरेको हो । लगातारको बर्षाका कारण नेपालगन्ज डोल्पा आउने जहाजको आकासी मार्ग अवरुद्ध भई २६ दिनसम्म हवाई सेवा बन्द भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण जुफाल डोल्पाका प्रमुख अमित कुमार चौरासियाले मौसममा सुधार आएपछि उडान भएको तर प्राधिकरणले बिहान ६ बजेपछि दिउँसो १२ बजेसम्म मात्र उडान गरिने गरी बनाएको मापदण्डमा फेरबदल नभएको बताए ।

देशभर भएको भीषण बर्षाका कारण देशभरका २९ ओटा विमानस्थलमा हवाई उडानमा कडाइ गरेको थियो । झन्डै एक महिनासम्म हवाई उडान नहुँदा बिरामी असक्त र अत्यावश्यक काममा नेपालगन्ज झर्नु पर्ने कर्मचारी सर्वसाधारणलाई सास्ती भएको थियो ।