डिजेलको भाउ बढेसँगै बढ्यो गाडीभाडा (सूचीसहित)

डिजेलको भाउ बढेपछि यातायात व्यवस्था विभागले गाडी भाडा समायोजन गरेको छ ।

नेपाल आयल निगमले साउन १ गते यता पटक पटक गरी डिजेटमा २१ रुपैयाँ प्रतिलिटर मूल्य बढाएपछि स्वचालित प्रणाली अनुसार भाडा बढाउने निर्णय भएको विभागले जनाएको छ । निगमले मंगलबारमात्र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको छ ।

अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो ।

बढेको भाडादर आजैबाट लागु भएको हो । विभागका अनुसार यो भाडा दुई वा सो भन्दा बढी प्रदेश अथवा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागु हुने भएको छ ।