राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

Image

राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले ‘सहकारी पहिलो संशोधन अध्यादेश २०८३’ लाई शुक्रबार प्रमाणीकरण गरेका हुन्।

सरकारले सहकारी सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी दुईवटा अध्यादेश एकैपटक राष्ट्रपति कार्यालयमा पठाएको थियो।

सरकारले राष्ट्रपति समक्ष ६ वटा विभिन्न अध्यादेश पठाएपनि हाल एउटा मात्र प्रमाणीकरण भएको हो। बाँकी विचाराधीन रहेका राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ।